काठमाण्डु- कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा चर्को राजनीतिक दबावका बीच सहमति जुटेको छ ।
लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन मंगलवार बिहान पास भएको हो । आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति भएको थिएन् । सोमवार भने रातभर छलफल गरेर बिहान बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो ।
सहमति भएपछि छानबिन समितिका सबै सात जनाले नै प्रतिवेदनमा हस्ताक्षर गरेका छन् । यसअघि सहमति हुननसक्दा प्रतिपक्षी दलहरुबाट सहभागी सदस्यहरुले नोट अफ डिसेन्टको तयारी गरेका थिए ।
छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कांग्रेसकी सांसद सुशीला थिङ सदस्य छिन् । नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।




प्रतिक्रिया