काठमाण्डुमा युवतीद्वारा पेट्रोल खन्याएर आत्मदाह प्रयास

काठमाण्डुमा युवतीद्वारा पेट्रोल खन्याएर आत्मदाह प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु–काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।

२७ वर्षीया सालु गुरुङले गएराति शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेी हुन् ।

काठमाण्डु प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले युवतीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए । भट्टराईका अनुसार गुरुङको शरीको अनुहार, छाती र दुवै हात जलेका छन् ।

चिकित्सकले उनको ५० प्रतिशत भाग जलेको जनाएको छ ।


काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भएकी गुरुङ माकलबारीमा श्रीमानसँगै खाजा पसल सञ्चालन गर्दै आएकी थिइन् । आत्मदाह प्रयास गरेर घाइते भएकी उनलाई श्रीमानले राति नै सुष्मा कोइराला मेमेरियल अस्पताल पु-याएका थिए ।

चिकित्सकले बर्न अस्पताल रिफर गरेका थिए ।


गत महिना मुगुका २५ वर्षीय गणेश नेपाली, सर्लाहीका ३५ वर्षीय विवेक मण्डल र काठमाण्डु बुद्धनगरका ४५ वर्षीय आश्विन राउतले आत्मदाह गरेका थिए । उनीहरु सबैको उपचारका क्रममा ज्यान गएको थियो ।