कोरोनाको कहरः इटालीमा एकै दिन ४९ जनाको मृत्यु


एजेन्सी – चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण हालसम्म ९० देशमा विस्तार भइसकेको छ । इटालीमा कोरोनाभाइरसबाट शुक्रबार मात्रै ४९ को मृत्यु भएको छ । यो सहित इटाालीमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या १९७ पुगेको छ ।

चीनपछि कोरोनाभाइरसबाट बढी मृत्यु हुनेको संख्या इटालीको रहेको छ । इटालीमा यो संक्रमणबाट हाल सम्म कुल ४,६३६ संक्रमित भएका छन् । यो संख्या चीन, दक्षिण कोरिया तथा इरानपछिको सर्वा्धिक बढी हो । हालसम्म इटालीको २२ स्थानमा यो संक्रमणबाट मानिसहरु पीडित भएका छन् ।

कोरोनाको चपेटामा १ लाख मानिस

इटालीको लाजियोमा शुक्रबार कोरोनाबाट थप एकको मृत्यु भएको छ । जुन रोम र यसको बाहिरी इलाकामा समावेश छ । यद्यपि दक्षिणमा यसबाट हालसम्म कसैको मृत्यु भएको छैन । गत बुधबार बारी सहरको आसपास पुगलिपियोको दक्षिणपूर्वी क्षेत्रम पहिलो तथा एक मात्र संक्रमण पुष्टि भएको छ ।

विश्वभरीमा करीब १ लाख भन्दा बढी मानिस कोरोनाको चपेटामा आइसकेका छन् । ३३०० मानिसको मृत्यु भइसकेको छ । बेलायतमा पनि यो संक्रमणबाट पहिलो मृत्यु पुष्टि भइसकेको छ । अमेरिकामा १४ को मृत्यु भएको छ । कोरोनासँग लड्नका लागि अमेरिकाले ६.३ अर्ब डलरको कोष जारी गरेको छ ।

चीनपछि इटाली र इरान सर्वा्धिक कोरोनाबाट प्रभावित छन् । यसका अतिरिक्त कोरियामा पनि संक्रमण तीव्र दरमा बढीरहेको छ । भारतमा हालसम्म ३१ मानिस संक्रमित भएका छन् । नेपालमा हालसम्म यो भाइरसबाट कोही पनि संक्रमित भएको पुष्टि भएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement