गुन्डा नाइके ‘बाघे’ सहित १८ डिपोका सञ्चालक पक्राउ


काठमाडौं – प्रहरीले गुन्डा नाइके ‘बाघे’ भनिने सन्देश लामासहित १८ वटा बालुवा डिपोका सञ्चालकहरुलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई काठमाडौंको स्वयम्भू, महाराजगन्ज र बालाजुबाट पक्राउ गरेको हो ।

उनीहरुले बालुवा बिक्रीमा ठगी गरेको आरोप छ । प्रहरीका अनुसार उनीहरुले बालुवा, गिट्टी ढुवानी गर्ने ट्रकको डाला थपघट गरी कम सामग्री ढुवानी गर्दै आएको खुलेको छ । अपराध महाशाखाले यसबारे थप अनुसन्धान जारी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement