ग्यारेण्टीका साथ भन्छु, १५ वर्ष अर्थतन्त्र सुध्रिनेवाला छैनः मन्त्री पुन

ग्यारेण्टीका साथ भन्छु, १५ वर्ष अर्थतन्त्र सुध्रिनेवाला छैनः मन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं– विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्रमा तत्काल सुधारको सम्भावना नरहेको बताएका छन् ।

आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन विधेयक शीर्षको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बिहीबार प्रतिनिधिसभामा मन्त्री पुनले अर्थतन्त्र तत्काल सुध्रिने छाँट नरहेको स्पष्ट गरे ।

वर्तमान सरकारले अर्थतन्त्र सुधार्न जोस/जाँगरका साथ काम गरिरहेको र यही गतिमा काम भए अर्थतन्त्र लयमा आउन कम्तिमा १५ वर्ष लाग्ने उनको भनाइ थियो ।

‘नेपालको अर्थतन्त्र छिटोछिटो बन्नेवाला छैन । म ग्यारेण्टीका साथ भन्न चाहन्छु । यो सरकार अर्थतन्त्र सुधार गर्न जोस र जाँगरका साथ अघि बढेको छ । यही रफ्तारमा अघि बढ्दा ढुक्कले यतिसम्म अघि बढ्यो है भन्न १५ वर्ष लाग्छ’, पुनले भने, ‘सांसदहरुका माग पुन हुन पनि त्यति लाग्छ । मेरो माग पुरा हुन पनि १५ वर्ष लाग्छ ।’