चालकरहित विमान आक्रमणहरुमा कम्तीमा २८ को मृत्यु


 

वासिङटन, ८ पुस । यमनमा करिब दुई महिनायता भएको अमेरिकाआवद्ध चालकरहित विमान आक्रमणमा कम्ती २८ व्यक्तिको मृत्यु भएको छ ।

यमनभरी नौ वटा स्थानमा भएको यस चालकरहित विमान आक्रमणमा अरेबियाली उपमहाद्विपमा रहेका अल कायदा समूह (एक्युएपी) का २८ आतङ्ककारी मारिएका पेन्टागनद्वारा बिहीबार जारी विज्ञप्तिमा उक्त जानकारी दिएको हो ।

गत सेप्टेम्बर २३ देखि डिसेम्बर १३ सम्म जारी सो चालकरहित विमान आक्रमणहरुमा ती व्यक्तिहरु मारिएका जारी विज्ञप्ति जनाइएको छ ।

अरेबियाली उपमहाद्विपका अल कायदा आतङ्ककारी समूहले सन् २०१५ को जनवरीमा फ्रान्सको राजधानी पेरिसमा अवस्थित चार्ली हेब्डो पात्रिकामा भएका रक्तपातपूर्व आक्रमणको जिम्मा लिएका थिए । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement