वीरगञ्ज – नेपाली कांग्रेसका दुई जना नेताले वीरगञ्जको एक होटलमा कुटाकुट गरेका छन् ।
प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो ।
बुधवार बिहान ७ः४५ बजेतिर आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको वारिपारि रहेका शर्मा र कलवार एक अर्कालाई गालिगलौज गर्दै आएका थिए ।
चिया पसलअगाडि भएको भनाभनपछि दुवै कुटपिटमा उत्रिएका हुन् । मुक्का हानाहानबाट दुवै नेताको नाकबाट रगत बगेको थियो ।
कांग्रेसभित्रको समीकरणमा दुवैजना शेरबहादुर देउवा गुटका हुन् । कुटपिटका क्रममा नाकबाट रगत बगेको प्रत्यक्षदर्शीले बताएका छन् ।




प्रतिक्रिया