काठमाण्डु – सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जुनसुकै कदम चाल्ने बताएको छ ।
शुक्रबार सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोनाबढिरहेकाले लकडाउन गरेर वा अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भए पनि संक्रमण नियन्त्रणमा लिने बताए ।
उनले नागरिक अगुवाहरुले सरकारले लकडाउन गर्न नपाउने बताइरहेको तर, सरकारले जनताको जीवन रक्षाका लागि जुनसुकै कदम चाल्ने बताए ।
प्रवक्ता गुरुङले महामारीबाट कसरी बचाउने र जनताको जीवन सुरक्षामा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सरकार सबै पक्षसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।
सञ्चारमन्त्रीसमेत रहेका प्रवक्ता गुरुङले सरकारले राष्ट्र, जनताको हितमा कार्ययोजना बनाउने बताए । उनले मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि मात्रै सरकारको ठोस धारणा आउने बताए ।
‘कार्ययोजना बनिसके पछिकोरोना नियन्त्रणका लागि सरकारको निर्णय छिट्टै आउनेछ’, प्रवक्ता गुरुङले भने ।




प्रतिक्रिया