जोन अब्राहम किन गुनासो गर्छन

जोन अब्राहम किन गुनासो गर्छन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अभिनयका हिसाबले अभिनेता जोन अब्राहमको भागमा वाटर(२००५), नो स्मोकिङ(२००७) तथा न्यू योर्क(२००९) जस्ता सम्झन लायक फिल्म छन्। तर, जोनको भने मानिसहरूले उनलाई उनको गठिलो शरिरका लागिमात्रै ध्यान दिने गरेको गुनासो छ।

‘मलाई सधै मेरो शरिरिका लागि मात्रै हेरिन्छ। जिन्दा, ट्याक्सी ९२११ वा न्यू योर्क जस्ता फिल्ममा काम गरेको भए पनि मान्छेले मेरो शरिरको बारेमा मात्रै चर्चा गर्छन्’, भन्दै जोनले भने,’कुनै न कुनै तरिकाले मेरा फिल्म क्लासिक बनेका छन्, जस्तै ‘नो स्मोकिङ’। तर, मान्छेहरू मेरो लुक्समा मात्रै केन्द्रित हुन्छन्। मुख्य कुरा त फिल्ममा जोन अब्राहम कस्तो देखियो भन्ने हुनुपर्थ्यो। मेरो विचारमा त्यो उनीहरूको बहाना मात्रै हो।’

हालै ४४ को उमेर टेकेका जोनले आफूलाई हलिउड अभिनेता रोबर्ट रेडफर्डसँग दाँज्छन्।

‘उनलाई पनि उनको सुन्दरताको लागि चिनिन्छ। एक समय डस्टिन हफम्यानले उनलाई भनेका थिए: उसले जेसुकै गरोस्। उसले आफ्नो घाँटीमा सधैं एउटा एल्बाट्रोस लगाउनै पर्छ कारण त्यसले उ कस्तो देखिन्छ भन्ने सधै झल्कनैपर्छ। मेरो मानेमा पनि यहि हो।’

त्यसैगरी जोनले आफ्नो लुक्स र अभिनयको बिचमा रहेको दन्वदलाई आफूले सहज लिन थालेको बताए। उनका अनुसार ‘मद्रास क्याफे’ बनाउँदै फिल्म निर्माणमा पनि होमिएपछि अभिनेताका रूपमा उठ्दै गइरहेको बताए।

‘मद्रास क्याफे पछि मात्रै मान्छेले म को हुँ भन्ने देखे’, उनले थपे। 

सेतोपाटीबाट