जम्मु–कश्मिरबाट शक्तीशाली पश्‍चिमी वायू नेपाल प्रवेश गर्‍यो, तीन दिनसम्म भारी हिमपात

जम्मु–कश्मिरबाट शक्तीशाली पश्‍चिमी वायू नेपाल प्रवेश गर्‍यो, तीन दिनसम्म भारी हिमपात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबारबाट रातीबाट भारतको जम्मु–कश्मिरमा विकसित पश्‍चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ । यो प्रणाली मंगलबार रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार मौसम सामान्य रहेपनि बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू–भागमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

न्यूनचापीय प्रणाली नेपालको पश्चिम भू–भागबाट प्रवेश गर्दै पूर्वसम्म पुग्नेछ । जसले गर्दा सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्र र पूर्वी पहाडि भू–भागमा वर्षा र हिमपातको संभावना छ । यो प्रणाली आइतबारसम्म सक्रिय रहने मौसन पूर्वानुमान महाशाखाको अनुमान छ ।

हिमपात र वर्षपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ ।

यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान :

पौष १५ गते (मंगलबार)

दिउँसो  देशको पश्चिमी तथा मध्य भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष १६ गते (बुधबार)

दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वी पहाडी भू–भागमा हल्का बर्षाको संभाबना रहेको छ । उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ ।

राती  देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का बर्षाको संभाबना रहेको छ । उच्च पहाडि र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको संभाबना रहेको छ ।

पौष १७ गते (बिहिबार)

दिउँसो स्देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको संभाबना रहेको छ । उच्च पहाडि र हिमाली भु–भागमा मध्यम देखि भारी हिमपातको संभाबना रहेको छ ।

राती  देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको संभाबना रहेको छ । उच्च पहाडि र हिमालि भू–भागमा मध्यम देखि भारी हिमपातको संभाबना रहेको छ ।