दुई सय ६१ जना किशोरी बेचिनबाट जोगिए

दुई सय ६१ जना किशोरी बेचिनबाट जोगिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – विश्व सेवा विस्तार संस्थाले पछिल्लो एक वर्षमा तीनवटा नेपाल भारत सिमा नाकाबाट मानव बेचविखनबाट जोगाई दुई सय ६१ जना किशोरीलाई घर फर्काउन सफल भएको जनाएको छ ।

संस्थाको आर्थिक वर्ष २०७९.८० को बुधबार भक्तपुरमा भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शंकास्पद पाँंच हजार दुई सय ४२ जनालाई सोधपुछ गरिएको जानकारी गराइको छ ।

संस्थाले नेपाल भारतका तीन वटा सिमा नाका काकरभिात, विराटनगर र भद्रपुरमा तीन वटा सिमा नाकाबाट मानव वेचविखनको सम्भाबना भएका किरोरीलाई जोगाउन निगरानी गर्दै आएको जनाएको छ ।

संस्थाकी कार्यक्रम निर्देशक सरस्वती मानन्धरले आर्थिक वर्ष २०७१.०७२ देखि जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता गरी संस्थाले मानववेचविखनबाट जोगाउने उद्देश्यका साथ काम गरिरहेको बताइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष अर्शाककुमार प्रधान, प्रमुख अतिथि प्रहरी बृत ठिमीका प्रहरी निरीक्षक सञ्जीव ओली, समाज कल्याण परिषद्का सहायक निर्देशक राजेन्द्र उप्रेती, सञ्चारकर्मी केशव लुइँंटेललगायतले मानव वेचविखनबाट रोक्न सामूहिक पहल आवश्यक भएको बताए ।