देउवा भेट्न बूढानीलकण्ठ पुगे पर्यटनमन्त्री भट्टराई, मन्त्रालयको कामबारे ब्रिफिङ

देउवा भेट्न बूढानीलकण्ठ पुगे पर्यटनमन्त्री भट्टराई, मन्त्रालयको कामबारे ब्रिफिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – पूर्व प्रधानमन्त्री एवम प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले उनकै निवास बुढानीलकण्ठमा पुगेर भेटघाट गरेका छन् । यो भेटघाटलाई राम्रो संस्कारको सुरुवात भन्दै सामाजिक सञ्जालमा प्रतिकृया व्यक्त गरिएको छ ।

भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन् – ‘पूर्व प्रधानमन्त्री एवम प्रमुख प्रतिपक्षी दलका नेता माननीय शेरबहादुर देउवासँग आज बिहान उहाँको निवास बुढानीलकण्ठमा भेटघाट गरी मैले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु ।’

‘मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ । त्यसका लागी म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’ – भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । पर्यटनमन्त्री भट्टराई अहिले सामाजिक संजालमा चर्चित र लोकप्रिय छन् ।