आज नवरात्रको दोस्रो दिन । नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरी जमरा राखेपछि बडादशैं शुरु भइसकेको छ । आज धुमधामका साथ नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने गरिन्छ । नवरात्रको पहिलो दिन अर्थात् प्रतिपदामा नवदुर्गा भवानीको शैलपुत्री स्वरुपको पूजा आरधना गरिन्छ ।
हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप भएको पाइन्छ । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गर्ने गरिन्छ ।
यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ ।




प्रतिक्रिया