काठमाडौं – प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणको ९ दिनपछि पत्नी राधिका शाक्यले भेट्न पाएकी छन् । बिहीबार शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा पुगेर पत्नी शाक्यले भेट गरेकी हुन् ।
उपचारमा संलग्न चिकित्सक बाहेक यसअघि मिर्गौला दाता समीक्षा संग्रौलाले प्रधानमन्त्रीसँग पहिलो भेट गरेकी थिइन् । दोस्रो भिजिटरका रुपमा राधिकाले प्रधानमन्त्रीसँग भेट गरेको उनको राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा निरन्तर प्रगति’, रिमालले ट्विटरमा लेखेका छन्, ‘दोश्रो भिजिटरको रुपमा प्रथम महिला राधिका शाक्यले भेट्नु भयो ।’
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्णा खड्का प्रधानमन्त्रीलाई कुनै पनि संक्रमण नभएको स्पष्ट पारेका छन् ।




प्रतिक्रिया