पार्टीभित्र अन्तर्घात बढेका कारण निर्वाचनमा पराजय भोग्नुपर्योः सभापति देउवा

पार्टीभित्र अन्तर्घात बढेका कारण निर्वाचनमा पराजय भोग्नुपर्योः सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’मा उनले नेपाली जनताको लडाइँ, संघर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।

‘सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’, उनले भने ।

पूर्वप्रधानमन्त्री देउवाले सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाए । सभापति देउवाले पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने बताए ।

पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर रहेको उनको भनाइ थियो ।