प्रहरीको सर्वाधिक खोजीमा रहेका शौरभ जैन भारतमा १० किलो सुनसहित पक्राउ


पर्सा – पर्सा प्रहरीले अवैध वित्तीय कारोबारको आरोपमा करिब दुईवर्ष देखि खोजी गरिएका राजा भन्ने शौरभ जैनलाई भारतमा १० किलो अवैध सुन सहित पक्राउ गरेको छ ।

२०७३ असोज १६ को एउटा घटनामा खोजी गरिरहेका अभियुक्त जैनलाई भारतको राजस्व अनुसन्धान निर्देशनालयको टोलीले पक्राउ गरेको हो। निर्देशनालयले बिशेष सुचनाका आधारमा फुलवाडी-घोषपुकुर सडकखण्डमा शौरभले चढेको गाडी चेकजाँच गर्दा सुन बरामद गरेको हो। शौरभसँगै चालक दिलिप चौरसिया समेत पक्राउ परेका छन्।

प्रहरीले १६ असोज २०७३ मा वीरगन्जको रेशमकोठीमा छापा मारेर अबैध वित्तीय कारोबार गर्ने गिरोहका मुख्य कारोबारीसहित पाँच जनालाई ८१ लाख रुपैयाँ नगद र एक करोड ३२ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भारतको मुजफरपुर स्थायी घर भएका सन्तोष जैन, उनकी श्रीमती उषा गोयन्का, छोरा बिक्की भन्ने अंकुर जैन, सुनीलकुमार पटेल र जीवन ठाकुर छन्।

‘पर्सा प्रहरीका अनुसार फरार अभियुक्त भएको खुलेको छ, भारतमा पक्राउ परेको भन्ने सुनेका छौँ’ पर्सा प्रहरी प्रमुख रेवती ढकालले भने, ‘आधिकारिक जानकारी भने आएको छैन।’

प्रतिक्रिया दिनुहोस
Advertisement