एजेन्सी – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरेतले स्वेच्छिक रुपमा कोरोना परीक्षण गराएका छन् । कोरोना भाइरस संक्रमण भए नभएको थाहा पाउन उनले यस किसिमको परीक्षण गराएका हुन् ।
विश्वका अन्य देशमा जस्तै फिलिपिन्समा पनि कोरोना संक्रमणको संख्या बढ्दो छ । कोरोनाको संक्रमण बढेसँगै सरकारले स्वास्थ्य संकटकालको घोषणा गरेको छ ।
यो मुलुकमा बुधबार मात्रै ४९ नयाँ संक्रमित भेटिएका थिए भने एक जनाको मृत्यु भएको थियो । यो संगै फिलिपिन्समा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।
यस्तै ७४ वर्षका डुटरेतका अर्थमन्त्री र केन्द्रीय बैंकका गर्भनर भने १४ दिन क्वारेन्टाइनमा बस्ने भएका छन् । कोरोना भाइरसको संक्रमण बढेपछि फिलिपिन्सको केन्द्रीय बैंक र त्यहाँस्थित एसियाली विकास बैंक पनि संक्रमण निर्मलीकरणका लागि बिहीबारदेखि बन्द भएका छन् ।
राष्ट्रपति डुटरेका प्रवक्ता साल्भाडोर पानेलोले राष्ट्रपतिमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि यो परीक्षण गरिएको बताएका छन् ।




प्रतिक्रिया