फेवातालमा बालक डुब्यो

फेवातालमा बालक डुब्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-पोखरा महानगरपालिका–१८ चापापानीस्थित फेवातालको सिरान क्षेत्र खपौंदी नजिक पौडी खेल्ने क्रममा स्थानीय १० वर्षीय आरेस लामाको डुबेर मृत्यु भएको हो।

पूर्वाह्न ११:१५ बजे पौडी खेल्ने क्रममा डुबेका उनलाई सशस्त्र प्रहरी बल २४ नम्बर गण कास्कीबाट खटिएको टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो। सशस्त्र प्रहरी निरीक्षक ताराचन्द्र शर्माको नेतृत्वमा पुगेको टोलीले उनलाई करिब १८ फिट गहिराइबाट बाहिर निकालेको जनाएको छ।

उद्धारपछि बालकलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले दिउँसो १२:१५ बजे मृत घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ।