बालुवाटार जग्गा प्रकरणः अख्तियारभित्रै सेटिङ प्रयास

बालुवाटार जग्गा प्रकरणः अख्तियारभित्रै सेटिङ प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ ।

अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो । जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तिायारले छिट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।