भारतीय सेना प्रमुखको आक्रमण गर्ने अभिव्यक्ति खारेज गर्छौंः पाकिस्तान

भारतीय सेना प्रमुखको आक्रमण गर्ने अभिव्यक्ति खारेज गर्छौंः पाकिस्तान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इश्लामावाद – पाकिस्तानले भारतका नयाँ सेना प्रमुख मनोज मुकुन्द नरवणेको बयानलाई गैर जिम्मेवारपूर्ण अभिव्यक्ति भएको बताएको छ । सेना प्रमुख नरवणेले भारतलाई नियन्त्रण रेखा नाघेर हमला गर्ने अधिकार रहेको बताएका थिए ।

मंगलबार सेना प्रमुखको पदभार ग्रहण गरेको केही घन्टापछि जनरल मनोज मुकुन्द नरवणेले एक साक्षात्कारमा भनेका थिए,‘भारतलाई आतंकवादी खतरा भएको स्रोतमा हमला गर्ने अधिकार रहेको छ ।’

सीमापार आतंकवादमाथि भारतलाई कारबाही गर्ने नयाँ सोच देखिएको उनको भनाई थियो । यदी पाकिस्तान राज्य प्रायोजित आतंकवादको आफ्नो नीति रोक्दैन भने यस्तो स्थितिमा भारतलाई आतंकको खतरा भएको स्रोतमा हमला गर्ने अधिकार रहेको र सर्जिकल स्ट्राइक तथा बालाकोट अभियानको समयमा भारतले गरेको कारबाही गर्ने अधिकार भएको उनले बताए ।

उनको यस किसिमको बयानप्रति पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘हामी नियन्त्रण रेखा नाघेर पाकिस्तानको कब्जा भएको कश्मीरमा हमला गर्ने भारतको नयाँ सेना प्रमुखको गैर जिम्मेवारी बयान खारेज गर्दछौं ।’

पाकिस्तानको कब्जाम रहेको कश्मीरमा भारतको आक्रामक कदमलाई विफल गर्न पाकिस्तानी निश्चित तथा तयार रहने विषयमा कुनै सन्देह नगर्ने पाकिस्तानले जनाएको छ ।