काठमाडौं– नेपाल प्रहरीबाट पछिल्लो समयमा इन्काउन्टर बढिरहेका बेला राष्ट्रिय मानवअधिकार आयोगले कानुनी राज्यको उपहास भएको टिप्पणी गरेको छ।
पछिल्लो समय मात्र प्रहरीले नेत्र विक्रम चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको इन्काउण्टर गरी ज्यान लिएको थियो।
आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुने भन्दै सरकार र मातहतका निकायलाई त्यस तर्फ सचेत बन्न सुझाव दिए।
आयोगले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले पछिल्लो समय इन्काउण्टर संस्कृति विकास हुदै गएकोमा चिन्ता व्यक्त गरे। कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरि अपराध प्रमाणित गर्नुपर्नेमा प्रहरीले आफ्नो सजिलोका लागि इन्काउण्टर शब्द प्रयोग गरि व्यक्ति हत्या गर्ने प्रवृति बढ्दै जाँदा त्यसले कानूनलाई उपहास गर्ने उनको भनाई थियो ।




प्रतिक्रिया