यसरी लैजांदैछ चीनले दुई जोडी गैंडा

यसरी लैजांदैछ चीनले दुई जोडी गैंडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन वनमन्त्री अग्नि सापकोटा चीन भ्रमणमा जांदा २७ पुस ०७२ मा चिनियां समकक्षी चाङ च्याङलोङले गैंडा मागे । नेपालको एकसिंगे गैंडा चीनलाई उपहारस्वरूप दिन च्याङलोङले सापकोटासंग प्रस्ताव गरेका थिए ।

सापकोटाले तत्काल मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र प्रक्रिया अगाडि बढाउने वचन दिए । दुई मन्त्रीबीचको भेटमा भएको उक्त प्रयासले अब मूर्त रूप पाउंदै छ । नेपालले चीनलाई उपहारस्वरूप एकसिंगे दुई जोडी गैंडा दिंदै छ ।

यसअघि फरक-फरक चार चिनियां टोलीले गैंडाको अध्ययन गरिसकेको छ । नेपालतर्फबाट गैंडा उपहार दिन सबै प्रक्रिया पूरा भइसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।

नेपालले उपहारमा दिने गैंडा जाँच्न चीनबाट एउटा टोली नेपाल आउंदै छ । चीनको दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)का महानिर्देशकसहित ६ प्रतिनिधि बुधबार आउँदै छन् भने २ जनाको भेटेरिनरी टोली बिहीबार आउनेछन् ।

साइटिस र भेटेरिनरी टोलीले जाँच गरी गैँडा लैजाने निश्चित भएपछि चिनियाँ कार्गो विमानसहित अर्को टोली आउनेछ । ‘बुधबार र बिहीबार आउने टोलीले गहन अध्ययन गरेपछि कार्गो विमानसहित चिनियाँ टोली आउँछ,’ खड्काले भने, ‘जति छिटो उनीहरूले आफ्नो काम अघि बढाउँछन, त्यति नै छिटो गैंडा चीन पुग्छ ।’ यो समाचार आजको नयां पत्रिकामा छ ।