राष्ट्रपति भण्डारी जापान जाने, नयाँ राजाको राज्याभिषेकमा सहभागी


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको तीन दिने औपचारिक भ्रमण गर्ने भएकी छिन् । हाल म्यानमारमा रहेकी भण्डारी त्यतैबाट जापान जान लागेकी हुन् ।

उनी जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन जापान जान लागेकी हुन् । जापानमा कात्तिक ५ गते नयाँ राजाको राज्याभिषेक समारोह आयोजना गरिएको छ ।

भण्डारी कात्तिक ३ गते म्यानमारबाट जपान प्रस्थान गर्नेछिन् । भ्रमणका क्रममा भण्डारीले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता गर्नेछिन् ।

भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग जापानमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग भ्रमणमा गृहमन्त्री रामबहादुर थापा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ ।

भण्डारी कात्तिक ६ गते नेपाल फर्कनेछिन् । परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयले बिहिबारसम्म भ्रमणबारे कुनै जानकारी नभएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement