राष्ट्रियसभामा अर्थमन्त्री खतिवडासहित १८ जना सांसदको कार्यकाल सकियो (नामसहित)

राष्ट्रियसभामा अर्थमन्त्री खतिवडासहित १८ जना सांसदको कार्यकाल सकियो (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि दुईवर्षको कार्यकाल पूरा गरेर १८ जना राष्ट्रियसभाका सांसदहरु बिदा हुँदैछन् ।

अर्थमन्त्री डा. युवराज खतिवडासहित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली कांग्रेस, राजपा र समाजवादी दलका गरी १८ जना सांसदको पदावधि सकिँदैछ । यद्यपी अर्थमन्त्री खतिवडाको पदावधि थप्ने सरकारको तयारी छ ।

उनी मंगलबारदेखि सांसद नभइ मन्त्रीमात्रै रहनेछन् । सांसद नहुँदा पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ । उनी राष्ट्रपतिले मनोनित गर्ने सिटमा सांसद भएका हुन् ।

कार्यकाल सकिनेहरुमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।

दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।

कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।

यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिँदैछ ।

१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् ।

राष्ट्रियसभाको बैठक दुई बजे बस्दैछ । त्यसअघि आज बिदा हुने सांसदहरुको सामूहिक तस्बिर खिच्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । नयाँ निर्वा्चित सांसदहरुको भने बुधबार ११ बजे सपथग्रहण हुने भएको छ ।