रास्वपाभित्रै हानाहान गरेर देश बनाउन सकिँदैन, झगडा नगरौंः सुधन गुरुङ

रास्वपाभित्रै हानाहान गरेर देश बनाउन सकिँदैन, झगडा नगरौंः सुधन गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सुधन गुरुङले पार्टीभित्र विवाद नगर्न आग्रह गरेका छन् ।

रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको बन्द शत्रलाई आइतबार सम्बोधन गर्दै गुरुङले जारी जिल्ला अधिवेशनका क्रममा नेतृत्वका आकांक्षीहरुबीच हानहाहान भएको भन्दै त्यसो नगर्न भनेका हुन् ।

दुई/तीन ठाउँमा हानाहान भइरहेको आफूले देखेको उनको भनाइ थियो ।

आफैंभित्र हानाहान गर्ने प्रवृत्ति पुरानो राजनीतिक संस्कार बोकेका पार्टीहरुमा रहेको र आफूहरु त्यसमाथि माथि उठ्नुपर्ने उनले उल्लेख गरे ।

‘अधिवेशनका क्रममा मैले देखिरहेको छु कि दुई/तीन ठाउँमा हानाहान परिरहेको छ । त्यो भनेको पुरानो राजनीतिक संस्कार हो’, उनले भने, ‘यो कुरालाई तोडेर हामीले रास्वपा के हो भन्ने उदाहरण पेस गर्नुपर्नेछ ।’

उनले मिलेर संगठित हिसाबले अघि बढ्दा मात्र प्रदेश र स्थानीय तहमा आफूहरुको सरकार बन्न सक्नेतर्फ सचेत गराए ।

संघीय सरकारले मात्र देश बनाउन पर्याप्त नहुने भएकाले प्रदेश र स्थानीय तहको सरकार जित्न मिल्नैपर्ने गुरुङको भनाइ थियो ।

‘विवाद नहोस्, झगडा नहोस्’, गुरुङले भने, ‘संघीय सरकार हाम्रो बनिसकेको छ । प्रदेश र स्थानीय सरकार बनाउन यसरी हानाहान गरेर हुँदैन । मिलेर मात्र देश बनाउन सकिन्छ ।’