विष्णु पौडेल र शंकर पोखरेलले एमाले फुटाउन खोजेका छन्ः ओली

विष्णु पौडेल र शंकर पोखरेलले एमाले फुटाउन खोजेका छन्ः ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फुटाउन सक्ने बताएका छन् ।
पार्टी पुनर्गठन कार्यदलले शनिबार बागमती प्रदेशका नेता कार्यकर्तासँग छलफल गरेको थियो । छलफलमा कार्यकर्ताले उठाएका सवालबारे ओलीले कार्यदलका सदस्यसहित प्रदेश पदाधिकारी र निकटस्थ केन्द्रीय सदस्यलाई आफ्नै निवास गुण्डु बोलाएर जानकारी लिएका थिए ।

नेता कार्यकर्ता वर्तमान नेतृत्वलाई निरन्तरता दिएर पार्टी पुनःनिर्माण गर्न नसकिने मानसिकतामा रहेको जानकारी कार्यदलका सदस्यहरुले ओलीलाई गराए ।

सो निस्कर्ष सुनेपछि ओली पौडेल र पोखरेलको नाम लिँदै आक्रोशित भए ।

पौडेल र पोखरेल ओली कित्तामै थिए । तर, २३ र २४ को जेनजी आन्दोलनअघि उनीरुबीचको सम्बन्ध तिक्तातापूर्ण थियो ।

पछिल्लो समय ती दुई नेता ओली नेतृत्वमा अघि बढ्न नसकिने समान निस्कर्षमा पुगेका छन् ।

पौडेल र पोखरेलले पार्टी सचिवालय र ओली सहभागी कार्यक्रममा पार्टी पुनर्गठनको विकल्प नरहेको बताउँदै आएका छन् ।


ओलीले पोखरेलले आफूविरुद्धको मोर्चाबन्दीमा पौडेललाई काँध हाल्नु आश्चर्यजनक रहेको ओलीले सुनाएको एक नेताले बताए ।

यद्यपि पार्टीको ठूलो हिस्साको आफूलाई साथ रहेकाले पौडेल–पोखरेलको षड्यन्त्र सफल हुन नसक्ने ओलीको दाबी थियो । ओलीले नेतृत्व छाड्नुपर्ने गरी आफूबाट कुने अपराधकर्म नभएको जिकिर गरे ।

‘नेतृत्वबाट गलहत्याइनुपर्ने खालको अपराध मैले केही गरेको छैन’, ओलीले भने, ‘तर, विष्णु र शंकरहरु मलाई जसरी पनि गलहत्याउने षड्यन्त्रमा लागेका छन् । मलाई हटाउन सकेनन् भने पार्टी फुटाउँन सक्छन् ।’

आफूलाई टहटाएर नेतृत्व हत्याउने दाउमा रहेका पौडेललाई उनले ‘अपराधी र पापी’ को संज्ञासमेत दिए ।

देश जलेर खरानी भएको र नेतृत्व संकटमा परेका बेला पौडेलले पार्टी र नेतृत्वको पक्षमा नबोलेको आरोप ओलीले लगाए ।

आफूले कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउन प्रयास गरेबापत सत्ताबाट हटाइएको र अहिले सोही तत्वले एमाले विभाजन गराउन चाहेको दाबी ओलीको थियो ।