काठमाण्डु– प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ ।
सांसदहरुले बोल्ने क्रम सकिएपछि अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
यस्तै अर्थमन्त्रीले विनियोजन विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक– २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक–२०८२ प्रस्तुत गर्ने र ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक–२०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।




प्रतिक्रिया