संसदीय समितिमा यसकारण गृहमन्त्रीको नाम लेखिएन : गगन थापा

संसदीय समितिमा यसकारण गृहमन्त्रीको नाम लेखिएन : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम संसदीय छानबिन विशेष समितिमा किन नराखिएको भन्ने विषय स्पष्ट पारेका छन् ।

सत्तापक्षले केही दिन पेल्ने र संसद बन्द गर्ने तयारी गरेपछि आफूहरू गृहमन्त्रीको नाम नलेखि समिति बनाउन तयार भएको उनले बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठनको पृष्ठभूमि र उद्देश्यबारे एक भिडियो सार्वजनिक गर्दै थापाले जुन उद्देश्यले कांग्रेसले विषय उठाएको हो त्यही बमोजिम समिति बनेको जिकिर गरे ।

भिडिओमा थापाले छानबिन समितिको आवश्यकता किन पर्‍यो, अब यसले कसरी काम गर्छ र कांग्रेसले संसदमा र सडकमा उठाउँदै आएका मागहरू कसरी सम्बोधन हुने भन्ने विषयमा बोलेका छन् ।

‘कांग्रेसले संसदीय समितिमा गृहमन्त्रीको नाम नलेखि नछोड्ने भएपछि संसद पेलेर चलाउने, केही दिनपछि बन्द गरिदिने तयारी सत्तापक्षको थियो’ थापाले भिडियोमा भनेका छन्, ‘त्यसपछि छ महिनापछि मात्रै संसद बोलाए पनि हुने र संसदीय समिति नबनाउने रणनीति थाहा पाएरै हामीले संसदीय समितिमै जोड गर्‍यौं ।’ यद्यपी गोर्खा मिडिया लेखिसकेपछि समितिले गृहमन्त्रीमाथि छानबिन गर्ने थापाले भने ।

उनले गोर्खा मिडिया, जिबी राई र गृहमन्त्री लामिछानेको भएको भन्दै उनीहरूसँग सोधपुछ नगरी अनुसन्धान नहुने भएकाले आफूहरू निष्पक्ष छानबिन हुनेमा विश्वस्त रहेको पनि बताए ।

अन्तर्राष्ट्रिय समिति बनाउन तयार रहेको भनेर गृहमन्त्री लामिछानेले बोले पनि पछि नाम तोकेर समिति बनाउन नमानेको थापाको दाबी छ । उनले भनेका छन्, ‘फरक पार्टीको नेताले पनि के भन्ने अवस्था आयो भने यो (रवि लामिछाने) नामै तोकेर समिति बनाउँ भनेर कांग्रेसले भनिराखेको छ । संसद अरु केही दिन यसरी पेलेर चलाउने । सभामुखले पनि साथ दिनुभएकै छ । त्यसपछि संसद बन्द गरिदिने । संसद बन्द गरिसके पछि अब ६ महिना पछि मात्रै, करिब करिब एक्कै चोटी ६ महिनापछि संसद बोलाए भइहाल्यो । र, संसदीय समिति नबनाउने ।’ थापाले सहकारीका लाखौं बचतकर्ताको रकम फिर्ता हुन्छ भनेर बचतकर्तालाई आश्वस्त पार्न नसकिने पनि स्पष्ट पारेका छन् ।