सरकारले पर्यटक भिसा रोक्यो, विद्यालय बन्द नगर्ने

सरकारले पर्यटक भिसा रोक्यो, विद्यालय बन्द नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले पर्यटक भिसा नदिने निर्णय गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि पर्यटक भिसामा कडाई गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९) लाई महामारीको घोषणा गरेपछि बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।

बैठकमा भारततर्फ आवत जावतका लागि नाका सिमित गर्ने र चेकजाँच कडा बनाउने निर्णय गरेको छ ।

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाइने बताए ।

उच्चस्तरीय समन्वय समितिको बैठकले यो सिजनको हिमाल आरोहण पनि स्थगित निर्णय भएको छ । तर, विद्यालय तथा कलेजहरु भने बन्द नगर्ने निर्णय भएको छ ।