सशस्त्रमा फाजिलका एआईजीलाई प्रदेशमा पठाउन देउवा,रेग्मी र श्रेष्ठ कस्सिए,संगठनमा चर्को विरोध


काठमाडौं– सशस्त्र प्रहरीमा एक साता अघि बढुवा भएका एआईजीलाई प्रदेशमा खटाउने तयारी भएको छ । सरकारले प्रदेशमा प्रहरी र सशस्त्रका डिआईजी राख्ने निर्णय गरेकै बेला सशस्त्रमा भने प्रदेशमा एआईजी खटाउने तयारी भएको हो ।

मुख्यसचिव लोकदर्शन रेग्मीको स्वार्थमा सशस्त्रमा एआईजी प्रदेशमा खटाउने तयारी भएको हो । उनले मन्त्रिपरिषदको अन्तिम बैठकबाट भएपनि आफुले निर्णय गर्ने आश्वासन दिएपछि सशस्त्र मुख्यालयमा प्रस्ताव तयार गर्नेबारे छलफल सूरु भएको छ ।

सोमबार सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठसहित बसेको पिसिसि वैठकमा ईकाईहरुको जनशक्ति घटाउने प्रस्ताव गर्दै प्रदेशमा एआईजी खटाउनेबारे छलफल भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बढुवा गरेका पांच जना एआईजीहरु प्रदेशमा खटाउनुपर्ने भन्दै लविङमा छन् ।

उनिहरुमध्ये अधिकांशले यसअघि नै सशस्त्रमा दुई पटकसम्म बाहिनीको नेतृत्व गरीसकेका छन् । देउवा नेतृत्वको सरकारले जानकारी भट्टराई,सुबोध अधिकारी,खडानन्द चौधरी,निराक्रमविक्रम शाह र राजेश श्रेष्ठलाई एआईजीमा बढुवा गरेको थियो । उनिहरुको बढुवामा करोडौ आर्थीक चलखेल भएको स्रोतको दाबी छ ।

उनिहरुलाई बढुवा गर्दा सरकारले प्रदेश मन्त्रालयको सचिव राजतत्रांकित प्रथम श्रेणीको रहने प्रस्ताव भएमा प्रदेशमा कार्यालय प्रमुखको रुपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई खटाउने तथा सह सचिव तहको कर्मचारीलाई प्रदेश सचिवमा खटाए पद स्वतह फाजिलमा रहने गरि गत हप्ता पांच डिआईजीलाई एआईजीमा बढुवा गरेको थियो ।

सरकारले प्रदेशमा सहसचिव स्तरको कर्मचारीलाई प्रदेशको मुख्य सचिवका रुपमा खटाएपछि उनिहरु फेरी पनि प्रदेशको कमाण्ड गर्न मरिहत्ते गरिरहेका छन् । सरकारको निर्णयसंगै उनिहरुको दरबन्दी फाजिलमा गएको छ ।

हाल सशस्त्रका पांचै बाहिनीमा डिआईजीहरु कार्यरत छन् । सशस्त्रमा सिंगो संगठनको पुर्नसंरचना गर्न एआईजी नारायणबावु थापाले सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई प्रस्ताव बुझाएको स्रोतको दाबी छ । थापाले बुझाएको प्रस्तावमा श्रेष्ठको ध्यान नभएपनि एआईजीलाई प्रदेशमा खटाउन भने उनि कम्मर कसेर लागेका छन् ।

प्रधानमन्त्री देउवाले प्रदेशमा एआईजी खटाउने प्रस्ताप छिटो तयार पारेर ल्याउन निर्देशन दिएसंगै आईजिपी श्रेष्ठ पांच एआईजीलाई प्रदेशमा खटाउन कम्मर कसेर लागेका छन् । एआईजीको बढुवामा श्रेष्ठले समेत उनिहरुबाट फाइदा लिएको स्रोतको दाबी छ । प्रदेशमा डिआईजी हुंदा हुंदै एआईजीलाई खटाउने तयारी भएपनि संगठनमा चर्को असन्तुष्टी बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement