सागलाई लक्षित गर्दै गाडीमा जोरविजोर प्रणाली

सागलाई लक्षित गर्दै गाडीमा जोरविजोर प्रणाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा ट्राफिक व्यवस्थापन गर्न भन्दै ट्राफिक प्रहरीले दुई दिन जोर–विजोर प्रणाली लागू गर्ने भएको छ ।

मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने सागको व्यवस्थापनका लागि भन्दै दुइ दिन जोर विजोर प्रणाली लागू गरिएको प्रहरीले जनाएको छ ।

साग सुरक्षा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने बताए ।

जसअनुसार साग उद्घाटनको दिन अर्थात १५ गते बिजोर नम्वरका सवारीसाधन मात्रै संचालन हुने छन् भने समापन हुने दिन २४ गते जोर नम्वर प्लेटका सवारीमात्र संचालन हुनेछन् ।

त्यस्तै ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन ।
त्यस्तै हर्नको प्रयोग नगर्न र ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्न प्रहरीले आग्रह गरेको छ ।