सुधन गुरुङ गृहमा फर्किएकामा गगनको टिप्पणीः झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ

सुधन गुरुङ गृहमा फर्किएकामा गगनको टिप्पणीः झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा– कांग्रेस सभापति गगनकुमार थापाले सुधन गुरुङ फेरि गृहमन्त्रीको भूमिकामा फर्किएकामा आपत्ति जनाएका छन् ।

गुरुङको गृह जिल्ला गोरखास्थित काँग्रेस कार्यालयमा मंगलबार भएको कार्यकर्ता भेटमा थापाले सम्पत्तिको श्रोत नखुलेपछि राजीनामा दिएका गुरुङ पुरानै भूमिकामा फर्कनु सामान्य विषय नभएको बताए ।

सुशासनको नारामा पाँच वर्ष सरकार चलाउने म्याण्डेट पाएको रास्वपाले त्यसको जवाफ दिनुपर्ने उनको भनाइ थियो । उनले सम्पत्तिको श्रोत र शेयर कारोबारबारे छानबिन गर्न सरकारले गठन गरेको समितिको भूमिकामाथि प्रश्न उठाए ।

‘तपाईंको जिल्ला (गोरखा) मा झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ भनेजस्तो भयो’, गुरुङतर्फ लक्षित गर्दै उनले भने । सरकारले ‘काले काले मिलेर खाउँ’ भाले भनेजस्तो गरिरहेको आरोप थापाको थियो ।


सेयर कारोबारबारे सम्पत्ति विवरणमा नखुलाएको तथा सम्पत्ति शुद्धीकरण र शेयर कारोबारमा चलखेल गरेको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको आरोप लागेपछि गत ९ वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङलाई प्रधानमन्त्री शाहले मंगलबार पुरानै जिम्मेवारीमा फर्काएका छन् ।