म्याड्रिड – स्पेनकी एक मन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण लागेको पुष्टि भएको छ ।
समानता मन्त्री आइरेने मोन्तेरोलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि पतिको साथमा क्वारेन्टाइनमा राखिएको हो । बिहीबार सरकारले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो ।
यद्यपि उनको अवस्था सामान्य रहेको बताइएको छ । साथै कार्यवाहक प्रधानमन्त्री पाब्लो ल्गलेसियसलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
प्रधानमन्त्रीलाई कोरोनाभाइरस पत्ता लागे पछि बिहीबारदेखि भिडियो कन्फरेन्स मार्फत सबै बैठकहरू गर्ने सरकारले विज्ञप्तिमा भनेको छ ।




प्रतिक्रिया