काठमाण्डु- हैटी सरकारले राष्ट्रपति जोभेनेल मोइसको हत्यामा अमेरिकाको संलग्नता रहेको आरोप लगाएको छ । बिहिबार साँझ हैटीको प्रहरीले हत्यामा अमेरिकाको हात रहेको भनाई सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्महरुले जानकारी दिएका छन् ।
हैटी प्रहरीले २८ जना अमेरिकी र कोलम्बियालीको जत्थाले मोइसको हत्या गरेको बताएको छ । प्रहरीले कोलम्बियाली पासपोर्ट र हतियार समेत बरामद गरेको खुलाएको छ ।
२८ जनाको जत्थामध्ये १७ जना पक्राउ गरिएको र ३ जना मारिएको हैटी प्रहरीले जनाएको छ । ती मध्ये १५ जना कोलम्बियाली र २ जना अमेरिकी नागरिक छन् ।
कोलम्बियाका रक्षामन्त्री डियगो मोलानोले सुटरहरुको जत्थामध्ये ६ जना कोलम्बियाली रहेको खुलाएका छन् । उनले सुटरहरु कोलम्बियाका पूर्वसैनिक रहेको जानकारी दिएको अलजजिराले जनाएको छ । हैटीका प्रहरी प्रमुख चाल्र्सले सुटरहरुलाई भाडाका टट्टुको संज्ञा दिएका छन् ।
राष्ट्रपति जोभेनल मोइसको बुधबार हत्या भएको थियो । उनकी श्रीमती गम्भीर घाइते भएकी छिन् । उनको अवस्था गम्भिर हुँदै गएको बताईको छ । बन्दुकधारीहरुले निजी निवासमा बसिरहेका राष्ट्रपति मोइजेको हत्या गरेका थिए ।
हत्याराहरू राष्ट्रपतिको शयन कक्षसम्मै प्रवेश गरेर केही धनमाल लुटेको पनि जनाइएको छ । स्थानीय समय अनुसार बुधबार बिहान १ बजे आक्रमण भएको हो । ५३ वर्षी राष्ट्रपति क्लाउडे २०१७ फेब्रुअरीदेखि सत्तामा थिए ।




प्रतिक्रिया