२५० को सामान किनेका उपभोक्ताले पाए १० लाख

२५० को सामान किनेका उपभोक्ताले पाए १० लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा भएको छ । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्यक्रम सार्वजनिक गरेका हुन् ।

साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि उपहार घोषणा गरिएको हो ।

जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक–एक लाख रुपैयाँ नगद उपहार पाएका छन्।

करदाताको गोपनियता कायम गर्नका लागि परिचय खुलाइएको छैन ।

शिव कृष्ण जनरल स्टोरमा (००७३१५२५४४९३) ले २५० को खरिद गर्ने करदाताले १० लाख रुपैयाँ नगद जित हात पारेका छन् । यो १० लाख पुरस्कार रकममा भने कर लाग्नेछ।