काठमाडौं – नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको ३ अर्ब बराबरको नयाँ नोट मंगलबारदेखि बजारमा पठाएको छ । राष्ट्र बैंकले उक्त १०० को नयाँ नोटमा आकार, प्रकार र रंग पहिलेकै तर केही नयाँ चित्र र शब्द राखेर राष्ट्र बजारमा पठाएको हो ।
राष्ट्र बैंकका अनुसार नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अङ्ग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ (बुद्धको जन्मस्थल लुम्बिनी) लेखिएको छ ।
नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र राखिएको छ भने नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिन्छ ।





प्रतिक्रिया