११ वर्षमा एक लाख दुर्घटना, २० हजारभन्दा बढीको मृत्यु

११ वर्षमा एक लाख दुर्घटना, २० हजारभन्दा बढीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पछिल्लो ११ वर्षमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गएको छ। यी अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन्।

आर्थिक वर्ष २०६४-६५ देखि १०७४-७५ सम्म ९१ हजार ८५७ दुर्घटना भएका छन्। ती दुर्घटनामा २० हजार १७७ जनाले ज्यान गुमाएको छ। ११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत पाँच व्यक्तिको ज्यान जाने गरको देखाउँछ।

औसतमा वर्षमा एक हजार ८०० भन्ला धेरैको ज्यान जान्छ। यो संख्या प्राकृतिक विपदबाट हुने मृत्युभन्दा झन्डै दुई गुणा बढी हो। तथ्यांकअनुसार प्राकृतिक विपदमा परी वर्षमा औसत ९०० को ज्यान जाने गरेको छ।यो समाचार आजका नेयाँ पत्रिका दैनिकमा छ ।