काठमाण्डु– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षा सञ्चालन भएको ३५ दिनमा परीक्षाफल प्रकाशित भएको हो ।
जसअनुसार ६४.३१ प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका हुन् ।
नतिजाअनुसार यस वर्ष २.८१ देखि ३.२० जीपीएको सूचीमा धेरै विद्यार्थी छन्। यस समूहमा ९४ हजार २४९ जना छन्।
३.६१ देखि ४.० जीपीए ल्याउने १७ हजार ७८६ जना रहेका छन् भने ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना रहेका छन् । यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ९४ हजार २४९ जना रहेको छ भने २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ जना रहेका छन् । यस्तै ४ हजार ३०८ जनाले २.०१ देखि २.४० जीपीए ल्याएका छन् भने ९ जनाले १.६१ देखि २.०० जीपीए ल्याएको परिक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।
परिक्षा फलको नतिजा हेर्न राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट साथै एसमएसबाट हेर्न सकिने छ । जसमा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइड, नेपाल टेलिकमको वेबसाइड, नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार ‘NEB सिम्वाेल’ नम्वर टाईप गरी नेपाल टेलिकमको १६०० मा SMS गरेर वा * १६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।
बैशाख १४ देखि २७ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागि थिए । परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए ।





प्रतिक्रिया