स्थानीय निर्वाचन : देशैभर झन्डै ८ हजार जनाले लिए उम्मेदवारी फिर्ता (सूचीसहित)

स्थानीय निर्वाचन : देशैभर झन्डै ८ हजार जनाले लिए उम्मेदवारी फिर्ता (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका करिव आठ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एक लाख ५३ हजार उम्मेदवारी परेकामा करिब ८ हजार जनाले उम्मेदवारी फिर्ता लिएकाे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए  ।

‘एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने देखिन्छ, ’ प्रवक्ता पौडेलले भने ।

आयोगको कार्यतालिका अनुसार शनिबार निर्वाचनका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ ।