सोमबार ९ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार ९ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार २५५ नमुना परीक्षणका क्रममा ९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप १८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २११ रहेको छ ।