उपरथीमा बढुवा भए सिग्देल र भण्डारी, प्रधानसेनापतिद्धारा दज्र्यानी चिन्ह प्रदान 

उपरथीमा बढुवा भए सिग्देल र भण्डारी, प्रधानसेनापतिद्धारा दज्र्यानी चिन्ह प्रदान 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सहायकरथीहरु अशोकराज सिग्देल र गोकुल भण्डारी उपरथीमा बढुवा भएका छन् । मन्त्रीपरिषद्को आश्विन १७ गते बसेको बैठकले दुवै जनालाई उपरथीमा बढुवा गरेको हो । 

उपरथी दर्जामा पदोन्नति भएका निरिक्षणाधिकृतको कार्यालयका सहायकरथी सिग्देल र पश्चिम पृतना हेडक्वार्टरका सहायकरथी भण्डारीलाई शनिवार सैनिक मञ्च टुंडिखेलमा आयोजित फूलपाती बढाईं समारोह पश्चातको विशेष कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । 

उपरथी दर्जामा पदोन्नति भएका उपरथी सिग्देललाई निरिक्षणाधिकृतको कार्यालयको निरिक्षणाधिकृत र उपरथी भण्डारीलाई पश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिईएको छ ।