संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने ३ दलबीच सहमति

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने ३ दलबीच सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमखु तिन दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति जुटेको छ ।

बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको सरकार र प्रतिपक्ष दलका शीर्ष नेताहरूबीचको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति जुटेको हो ।

त्यस्तै संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा विधेयक टुंगो लगाउन नेताबीच समझदारी भएको जनाइएको छ । आज बसेको बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

यसअघि गत शनिबार पनि सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड, ओली र देउवाबीच छलफल भएको थियो ।