प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद सचिवालयले प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ प्रकृया सुरु गरेको छ ।

सरकारले कात्तिक ११ को मन्त्रिपरिषदबाट भारतका लागि शंकरप्रसाद शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो ।

तीन देशका लागि राजदूत सिफारिस गरिएको जानकारी संसद सचिवालयलाई कात्तिक १२ गने दिइएको थियो । जानकारी पाएको केही दिनपछि आजबाट सचिवालयले प्रकृया थालेको हो ।

संघीय संसद सचिवालयले बुधबार सूचना प्रकाशित गर्दै राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरिएहरु राजदूतमा पदमा नियुक्त गर्न उपर्युक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित कात्तिक २६ गतेभित्र संसदीय सुनुवाइ समितिको कार्यालयमा उजुरी दिन सचिवालयले आह्वामन गरेहको छ ।

प्रस्तावित राजदूतहरूविरूद्ध उजुरी आएपछि त्यो अध्ययन गरेर संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने गर्छ ।