अफगानिस्तानमा १८ लडाकू मारिए

अफगानिस्तानमा १८ लडाकू मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल  – अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी कम्तीमा १८ जना लडाकू मारिएका छन् । पूर्वी प्रान्त नान्गरहरमा भएको घटनामा परी मारिनेमा सबैजना इस्लामिक स्टेट ९आइएस०का लडाकूहरु भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

अफगान रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “अफगान सेनाले चलाएको हवाई आक्रमणमा परी नाज्यान जिल्लामा शनिबार उनीहरुको मृत्यु भएको हो ।” विज्ञप्तीमा घटनाका बारेमा विस्तृत विवरण दिइएको छैन । घटनामा सर्वसाधारण पनि मारिएको वा धनमालको नोक्सानी भएको बारे कुनै जानकारी प्राप्त भएको छैन । घटनाका बारेमा आइएसले कुनै प्रतिक्रिया जनाएको छैन ।

पहाडी क्षेत्रमा पर्ने सो स्थान राजधानी काबुलदेखि १२० किलोमिटर पूर्वमा पर्दछ । त्यस क्षेत्रमा आइएस लडाकूहरु र सुरक्षाकर्मीबीच बेलाबेलामा भइरहने भिडन्तका कारण हजारौं स्थानीयबासी पलायन हुन बाध्य भएका छन् । सिन्ह्वा