अफगानिस्तानमा हवाई कारबाहीमा ४९ आतङ्ककारी मारिए


काबुल- अफगानिस्तानका विभिन्न प्रान्तमा गत २४ घण्टाभित्र गरिएका छुट्टाछुट्टै इलाकामा आतङ्ककारीविरुद्ध गरिएको हवाई कारबाहीको क्रममा कम्तीमा ४९ जना आतङ्ककारी मारिएका छन् । अफगानिस्तानको गृह मन्त्रालयले सोमबार जनाए अनुसार पछिल्लो समयमा हिंसा बढेको जनाइएको छ ।

अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी समूहको एक आखाडालक्षित हवाई आक्रमणमा कम्तीमा १८ तालिबान आतङ्ककारी मारिनुको साथै १४ जना घाइते भएका छन् । त्यस्तै, छिमेकमा पर्ने कान्दाहार प्रान्तको मरुफ जिल्लामा भएको यस्तै कारबाहीमा परी नौ तालिबान आतङ्ककारी मारिनुको साथै सात घाइते भएका बताइएको छ ।

यसैगरी जाबुल प्रान्तको डेचोपान जिल्लामा भएको हवाई आक्रमणमा परी १० आतङ्ककारी मारिएका छन् । अफगानिस्तानमा हवाई कारबाहीमा अफगान सुरक्षा बललाई अमेरिकी र नेटो सैनिकले सहयोग गर्दै आएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस
Advertisement