५० प्रतिशत जेल सजाय काटेका कैदीलाई छुटको प्रस्ताव

५० प्रतिशत जेल सजाय काटेका कैदीलाई छुटको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले ५० प्रतिशत जेल सजाय काटेका कैदीबन्दीलाई छुट दिन प्रस्ताव गरेको छ। मुलुकीसंहिता ऐनमा ७५ प्रतिशत जेल सजाय भुक्तान गरेका कैदीबन्दीलाई मात्र छुट दिने व्यवस्था छ।

मुलुकीसंहिता ऐन २०२० अनुसार ४० प्रतिशत कैद भुक्तान भएका व्यक्तिलाई आचरण र व्यवहार कुशल भएमा मात्रै छाड्ने व्यवस्था थियो।

ुपुरानो ऐनअनुसार ४० प्रतिशत जेल सजाय भुक्तानबाट ५० प्रतिशत भुक्तान गरेकालाई छुट दिँदा धेरै कैदीबन्दी छुट्नेछन्’, महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भने, ‘देशभर १२ हजार कैदी राख्नसक्ने क्षमताको कारागार छन्, तर हाल १८ हजार कैदीबन्दी सजाय भुक्तान गरिरहेका छन्।,यो खबर आजको नयाँ पत्रिकामा  छापिएको छ,।