बेलायतमा ६ महिनाकी शिशुमा कोरोना भाइरसको संक्रमण

बेलायतमा ६ महिनाकी शिशुमा कोरोना भाइरसको संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन – बेलायतमा ६ महिनाकी एक शिशुमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । बेलायतको लिभरपुल एल्डर हे बालकालिका अस्पतालमा उनको उपचार चलिरहेको छ ।

पहिलेदेखि नै मुटुको समस्या भएकी उक्त बालिका अहिले कोरोनासँग लडिरहेकी छन् । एरिन बेट्स नामकी बालिकालाई पहिले मुटुको समस्या रहेको अन्टराष्ट्रिय सञ्चार माध्यम डेली मेलमा उल्लेख गरिएको छ । सामाजिक सञ्जालमा बालिकाका तस्बिर अहिले भाइरल बनेको छ । अभिभावकको अनुमति लिएर मात्रै सञ्चारमाध्यमले उनका तस्बिर सार्वजनिक गरेका छन् ।

सन् २०१९ को डिसेम्बरमा उनको ओपन हार्ट सजरी गरिएको थियो । उनी बेलायतको म्यानचेस्टरकी बासिन्दा हुन् । शुक्रबार उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

उनलाई लिभरपुलको एक बालबालिकाको अस्पतालको भेन्टिलेटरमा राखिएको छ । कोरोनाका कारण उनकी आमा एम्मा बेट्सलाई अस्पतालमा बस्ने अनुमति दिइएको छ ।

छोटो उमेरमै मुटुको सफल शल्यक्रिया भएकाले चिकित्सकले उनलाई मिराकल बेबी भनेर बोलाउने गर्छन् । एरिनलाई संक्रमण भएपछि उनका आमाबाबुले कोरोनाबाट आफ्ना बालबालिकालाई जोगाउन अपिल गरेका छन् ।