१३ औं साग : नेपालले जित्यो ६ स्वर्ण 


काठमाडौं – १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत दोस्रो दिनको खेलमा नेपालले छ स्वर्ण पदक जितेको छ ।

तेक्वान्दोमा पुरुष पुम्सेको ५८ केजी तौल समूहमा गोविन्दबहादुर आलेले स्वर्ण जिते भने एकलतर्फ कमल श्रेष्ठले स्वर्ण जिते । कराँतेमा मन्डेकाजी श्रेष्ठले देशलाई पहिलो स्वर्ण दिलाए । उनले काँतामा स्वर्ण दिलाएका हुन् । महिला टिम काँतामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिते । काँतामा महिला एकलतर्फ चञ्चला दनुवारले रजत जितेकी छिन् ।

कराँतेको टिम काँतामा मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जनले स्वर्ण दिलाएका हुन् । मन्डेकाजीले आजै कराँतेतर्फ दुई स्वर्ण जितिसकेका छन् । ट्रयथलनमा सोनिका गुरुङले स्वर्ण जितिन् । पोखरामा भएको ट्रायथलनमा उनले स्वर्ण जितेकी हुन् । त्यस्तै तेक्वान्दो पुम्सेअन्तर्गत महिला १७–२३ वर्ष विधामा नेपालकी सिना मादेन लिम्बूले स्वर्ण जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement