मोदीको स्वागतमा भव्य तयारी : जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी

मोदीको स्वागतमा भव्य तयारी : जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ र २९ मा नेपाल आउने तय भएको छ। यसै अवसरमा उनी धार्मिक स्थल जनकपुरधाम पनि जाने कार्यक्रम रहेको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार जनकपुरधामको सुरक्षा अवस्था बुझ्न भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइपुगेका छन्। टोलीले यहाँका सुरक्षा अधिकारीसँग सुरक्षाको विषयमा छलफल गरेको छ। मोदी भ्रमणलाई सफल बनाउन थप टोली बुधवार जनकपुर आईपुग्ने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर पाँच तहको सुरक्षा व्यवस्थापन गरेको बताए। मोदीको भ्रमणलाई उच्च स्तरीयको सुरक्षा व्यवस्था मिलाउन सात हजार सुरक्षाकर्मी परिचालन हुने बताए। यसका साथै अभिनन्दन स्थलको विभिन्न स्थानमा सिसिटी, प्रदेशद्वारामा चेकजाँच गर्ने मेसिन, तथा ड्रोन क्यामराहरु समेत प्रयोग हुने उनले बताए।

मन्त्री यादवले मञ्चनजिक भारतीय प्रहरी, दोस्रोमा नेपाली सेना, तेस्रो घेरामा नेपाल प्रहरी, चौथोमा सशस्त्र प्रहरी र पाँचमा राष्ट्रिय अनुसन्धान र सिभिल ड्रेसमा सुरक्षाकर्मी परिचालन हुने बताए।