पार्टीभित्रकाे गुट उपगुटलाई समाप्त गर्नु आवश्यक : महामन्त्री कोइराला

पार्टीभित्रकाे गुट उपगुटलाई समाप्त गर्नु आवश्यक : महामन्त्री कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा- नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेताहरुको गुटउपगुटले नेपाली पार्टीलाई कमजोर बनाएको बताएका छन् । नेपाल तरुण दल केन्द्रीय समितिले वीरगन्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले ठूला नेताहरुले आ–आफनो गुट उपगुट बनाएकै कारण तीनै तहको निर्वाचनमा पार्टीले हार व्यहार्नु परेको बताएका हुन् ।

महामन्त्री कोइरालाले काँग्रेसले जनताका पक्षमा गरिएको राम्रा कामबारे जनतालाई बनाउन नसकेको र पार्टीभित्रकाे विवादले नै निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेकाले चार वर्षपछि हुने निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले जातीय, धार्मिक, सांस्कृतिक, भौगोलिक विविधता रहेको नेपालमा सबैलाई मिलाएर हिँड्ने दक्षता वामपन्थीमा नरहेकाले वामपन्थीको सरकार लामो समय नटिक्ने दाबी गरे ।